सहकारी विभाग, प्रशासन तथा सहकारी प्रवर्द्धन शाखा, नयाँ बानेश्वर, काठमाडौको मिति २०८०।०७।२४ गतेको च.नं. ५८६ को पत्र बमोजिम संस्थाले स्वेतपत्र जारी गरी यसै पत्रका साथ पेश गरिएको र सो निर्देशनको क्र.सं. २ मा बचत फिर्ता कार्ययोजना निर्माण गरी पेश गर्ने भनिएकोमा यस संस्थाले शेयर सदस्यहरुबाट वचत नियमित संकलन तथा सदस्यहरुले बचत फिर्ता लिन चाहेमा जुनसकै समयमा पनि फिर्ता दिई रहेको, मोवाइल बैंकिङ मार्फत पनि सदस्यहरुलाई प्रति दिन रु.१,००,०००।- सम्म बचत फिर्ता गरिरहेको व्यहोरा अनुरोध गर्दै सो निर्देशनको क्र. सं. ३ मा संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुको सम्पती विवरण पेश गर्ने भनिएकोमा यस संस्थाको संचालक तथा लेखा समितिको पदावधी सकिएको र नयाँ समितिको लागि नोमिनेशन भई सकेको हुँदा अव नयाँ समिति चयन भएपछि उहाँहरुको सम्पति विवरण पेश गरिने व्यहोरा अनुरोध गरिन्छ साथै सो निर्देशनको क्र. सं. ४ मा कोपोमिस प्रणालीमा तोकिए अनुसारको बिवरण प्रविष्टी गर्ने भनिएकोमा यस संस्थाले नियमित रुपमा मासिक प्रगती प्रतिवेदन कोपोमिस प्रणालीमा प्रविष्ट गर्ने गरिएको साथै ३७ हजार सदस्यहरुको उक्त कोपोमिस प्रणालीमा प्रविष्टी गरिएको व्यहोरा अनुरोध छ ।



Leave a Reply