संस्थाको वार्षिक समिक्षा तथा एक दिवसिय तालिम कार्यक्रम २०८१

संस्थाको वार्षिक समिक्षा तथा एक दिवसिय तालिम कार्यक्रम २०८१

संस्थाले गत साउन १२ गते बिर्तामोड स्थित सिद्धार्थ होटलमा आ.व. २०८०/०८१ को वार्षिक समिक्षा तथा आ.व. २०८१/०८२ का लागि व्यावसायिक योजना सम्बन्धि एक दिवसिय तालिम कार्यक्रम आयोजना गरि उपलब्धिमूलक ढङ्गबाट सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा संस्थाको वार्षिक समिक्षामाथि विश्लेषण सि. ए. श्री श्रीप्रसाद निरौला ज्युले गर्नु भएको थियो भने व्यावसायिक योजना सम्बन्धि तालिममा कोशी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका अधिकृत श्री मनोज कार्की ज्यु तथा श्री मोहनराज भट्टराई ज्युले सहजीकरण गर्नु भएको थियो।

संस्थाको अध्यक्ष श्री टस बहादुर श्रेष्ठ ज्युको अध्य्क्षता र कोशी प्रदेश सहकारी रजिस्ट्रार श्री हरि बहादुर खत्री ज्यूको प्रमुख आतिथ्यत्यतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तब्य संस्थाकी संचालक समिति सदस्य श्री देवी माया तामांग ज्युले राख्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाका सचिव श्री भुपाल बस्नेत ज्युले गर्नु भएको हो। उक्त कार्यक्रममा संस्थाका अन्य संचालक समिति तथा लेखा सुपरिवेक्षण समिति पदाधिकारी ज्युहरु, कार्यकारी प्रमुख ज्यु, नायब कार्यकारी प्रमुख ज्यु, विभागीय प्रमुख ज्युहरु, प्रत्येक सेवाकेन्द्रका प्रतिनिधि सेवाप्रमुख ज्युहरु, साथै अन्य कर्मचारी ज्युहरु समेत गरि ७० जनाको सहभागिता रहेको थियो।

सोहि कार्यक्रमका केहि तस्बिरहरु :



Leave a Reply