- November 20, 2024
- Posted by: Bashudev Bastola
- Category: Uncategorized
संस्थाको चारआली सेवाकेन्द्रमा कारोबार गर्दै आउनु भएको शेयर सदस्य भिम माया राई ज्यूलाई मिति २०८१ असार १५ गते साँझको समयमा पसल बन्द गरेर घर फर्कने क्रममा जंगली हात्तीले आक्रमण गरि घाइते बनाएको र निजको प्रथम उपचार बिर्तामोडको B&C हस्पिटलमा भएको र त्यंहा उपचार सम्भब नदेखिएकाले सोहि हस्पिटलको रिफरमा भारतको सिलिगुरी स्थित Paramount Hospitals Pvt. Ltd. मा उपचार गरि घर ल्याइएको र पुन थप उपचार गरिएको समेत गरि निजले पेश गर्नु भएको बिलको जम्मा रु. १८,९४,७८४ /- खर्चमा, संस्थाले प्रबाह गर्दै आएको बिशेष उपचार सुविधा अन्तर्गत निज सदस्य ज्युले मिति २०७४/१०/०६ बाट आबद्ध भई नियमित नवीकरण साथै संस्थासँग बचत तथा कर्जा कारोबार पनि नियमित गर्दै आउनु भएकोले संस्थाबाट सदस्य ज्युले पाउने सुबिधा बिशेष उपचार कोषको नियम अनुसार रु. ६,००,०००/- उपचार खर्च निज सदस्य ज्युलाई हिजो मिति २०८१ मंगसिर ४ गते धुलाबारी स्थित कृष्ण पार्टी प्यालेसमा आयोजना गरिएको संस्थाको इकाई ६ – चारआली इकाईको इकाईगत साधारण सभा कार्यक्रममा बितरण गरिएको छ। इकाई अन्तर्गत पर्ने सेवाकेन्द्रहरु चारआली, धुलाबारी, भृकुटी, इट्टाभट्टा, बुधबारे, हर्कटे र फिक्कल गरि ७ सेवाकेन्द्रबाट उपस्थित सेयर सदस्य ज्युहरु, संस्थाको अध्यक्ष श्री टस बहादुर श्रेष्ठ ज्यू , उपाध्यक्ष श्री राम कुमार गौतम ज्यु, सचिव श्री भुपाल वस्नेत ज्यू, संचालक समितिका अन्य पदाधिकारी ज्युहरु, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी ज्यूहरु, ऋण तथा शिक्षा उपसमितिका पदाधिकारी ज्युहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको इकाईगत साधारण सभामा सो सुबिधा वितरण गरिएको हो।
सोहि कार्यक्रमको केहि झलकहरु :