संस्थाले आर्थिक वर्ष ०८१/०८२ को व्यवसायीक योजनामा तय गरिएको सेवाकेन्द्रगत सदस्य बिस्तारित भेला कार्यक्रम अन्तर्गत संस्थाका सम्पूर्ण सेवाकेन्द्रहरूमा कार्यक्रम गरेको छ ।
मिति २०८२ बैशाख १० गते जुरोपानी सेवाकेन्द्र सदस्य ज्यूहरुबाट सुरु भएको कार्यक्रम, मिति २०८२ जेष्ठ २८ गते बिहिबार नमुना सेवाकेन्द्र सदस्य ज्युहरु बिचबाट सम्पन्न भएको हो। निरन्तर रुपमा ३७ दिन ३७ वटा कार्यक्रम गरि ४१ वटै सेवाकेन्द्रका सदस्य ज्युहरुबिच १५ बर्ष देखि नियमित बचत तथा ऋण कारोबार गर्ने १३४१ जना शेयर सदस्य ज्यूहरुलाई मायाको चिनो सहित उत्कृष्ट सदस्य परिचयपत्र पनि प्रदान गरिएको छ।
संस्थाको शिक्षा उपसमितिका संयोजक तथा संचालक समिति सचिव श्री भूपाल बस्नेत ज्युको संयोजकत्वमा तथा संस्थाका अध्यक्ष श्री टस बहादुर श्रेष्ठ ज्युको मुख्य सहजीकरणमा संस्थाको बचत तथा ऋण नीति, सदस्य सामाजिक सुरक्षाका नीतिहरू र अन्य सम-सामायिक गतिविधि, संस्थाको वित्तीय अवस्था, समस्या र चुनौतीहरूको विषयमा छलफल गर्दै जम्मा ४०१७ संख्याको उपस्थितीमा शेयर सदस्यहरुलाई साक्षर बनाउने उद्देश्यले कार्यक्रम सु-सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको बिवरण :





















































