शेयर सदस्य प्रदीप चापागाँई ज्यूको स्वर्गारोहणमा परिवारमा ५ लाख १२ हजारको सुबिधा वितरण

शेयर सदस्य प्रदीप चापागाँई ज्यूको स्वर्गारोहणमा परिवारमा ५ लाख १२ हजारको सुबिधा वितरण

संस्थाको भद्रपुर सेवाकेन्द्रमा कारोबार गर्दै आउनु भएका शेयर सदस्य प्रदीप चापागाँई ज्यूको स्वर्गारोहण भएको नवौ दिनको पुण्य तिथिमा संस्थाको अध्यक्ष श्री टस बहादुर श्रेष्ठ ज्यू , सचिव श्री भुपाल वस्नेत ज्यू, पुर्व संचालक सदस्य श्री हेमराज खतिवडा ज्यू , बरिष्ठ प्रबन्धक श्री मनोहरी निरौला ज्यू , भद्रपुर सेवाकेन्द्र प्रमुख श्री सुजन भण्डारी ज्यू लगायतका शेयर सदस्य तथा कर्मचारी ज्युहरुको उपस्थितिमा शोक सभा गरी श्रद्धाञ्जली अर्पण गरियो।


उक्त शोक सभा कार्यक्रममा स्वर्गीय प्रदिप चापागाँईले संस्थाको स्पेशल क्रमिक बचत खाता (बिमा बचत) संचालन गरे बाफत संस्थाको सदस्य सुरक्षण कोषबाट नियम अनुसार रू ५,००,०००/- (पाँच लाख रुपैँया।) रकमको चेक साथै मृत्यु राहत कोषबाट मानोचामल स्वरुपको रकम सुबिधा रू १२,०००/- (बाह्र हजार रुपैँया।) समेत गरी जम्मा रू ५,१२,०००/- (पाँच लाख बाह्र हजार) परिवारमा हस्तान्तरण गरिएको छ।

यस किसिमको बचत गर्ने सदस्यहरुको मृत्यु पश्च्यात निजको परिवारले प्राप्त गर्ने बिमा सुबिधा बाहेक पनि निजले बचत गरेको सम्पूर्ण रकम निजकै खातामा हकवालाले खाता नामसारी गर्न मिल्ने गरि उपलब्ध रहनेछ।

संस्थाको नियम अनुसार उक्त स्पेशल बचत खाता (बिमा बचत) सदस्यको स्वास्थ्य, बचतको प्रकृति तथा एक मुष्ठ बचत बिमाको आधारमा बिभिन्न शर्त, नियम र प्रक्रिया भित्र रही संचालन भईरहेको छ।

क्र.स.बचत रकम प्राकृतिक मृत्युमा सुबिधा रकमदुर्घटना मृत्युमा सुबिधा रकम
१००० वा सो भन्दा बढीरु. २०,०००/-रु. ५०,०००/-
२००० वा सो भन्दा बढीरु. ३०,०००/-रु. १,००,०००/-
३००० वा सो भन्दा बढीरु. २,००,०००/-रु. ४,००,०००/-
५००० वा सो भन्दा बढीरु. २,५०,०००/-रु. ५,००,०००/-
६००० वा सो भन्दा बढीरु. ५,००,०००/-रु. १०,००,०००/-

** शर्त तथा नियमहरु लागू हुनेछन। **



Leave a Reply