निस्क्रिय शेयर सदस्यहरुमा जारी गरिएको सूचना
- July 4, 2024
- Posted by: Bashudev Bastola
- Category: Notice
No Comments
प्रस्तुत विषयमा कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. झापाको निष्क्रिय रहनुभएको शेयर सदस्य ज्यूहरुमा यो सूचना प्रकाशित गरिन्छ कि संस्थामा शेयर सदस्यता प्राप्त गरी न्यूनतम शेयर र बचत रु. १०००/- वा सो भन्दा कम भई तीन वर्ष भन्दा बढी निष्क्रिय रहेका सदस्य ज्यूहरुले यस सूचना प्रकाशन भएको मितिले २०८१ आषाढ मसान्त भित्र खाता संचालन गर्न वा आफ्नो शेयर बचत रकम भुक्तान लिन आउन हुन अनुरोध गरिन्छ। यस सूचना प्रकाशन भएको मिति भित्र भुक्तान लिन नआएमा वा खाता संचालन नगरेमा संस्थाको विनियम बमोजिम स्वतः सदस्यता खारेज गरिने व्यहोरासमेत अनुरोध गरिन्छ।