शेयर सदस्य स्वर्गीय श्री गोपी लाल दाहाल ज्यूको स्वर्गारोहणमा परिवारमा ५ लाख ४० हजारको सुबिधा वितरण
- September 28, 2025
- Posted by: Bashudev Bastola
- Category: Uncategorized

संस्थाको नमुना सेवाकेन्द्रमा कारोबार गर्दै आउनु भएका शेयर सदस्य स्वर्गीय श्री गोपी लाल दाहाल ज्यूको स्वर्गारोहणमा संस्थाको संचालक समिति सदस्य श्री गिरिराज भट्टराई ज्यू , सोहि सेवाकेन्द्रका सेवाकेन्द्र प्रमुख श्री शुकदेव बराल ज्यु, दमक सेवाकेन्द्र प्रमुख श्री भीम बहादुर पौडेल ज्यु, मधुमल्ला सेवाकेन्द्र प्रमुख श्री नबिन गौतम ज्यु, सेवाकेन्द्र व्यवस्थापन उपसमितिका पदाधिकारीहरु श्री अशोक शर्मा, गुरुराज भण्डारी र गायत्रा पराजुली ज्यु लगायतका शेयर सदस्य तथा कर्मचारी ज्युहरुको उपस्थितिमा शोक सभा गरी श्रद्धाञ्जली अर्पण गरियो।

उक्त शोक सभा कार्यक्रममा स्वर्गीय गोपी लाल दाहाल ज्यूले संस्थाको स्पेशल क्रमिक बचत खाता (बिमा बचत) संचालन गरे बाफत संस्थाको सदस्य सुरक्षण कोषबाट नियम अनुसार रू ५,००,०००/- (पाँच लाख रुपैँया।) रकमको चेक साथै मृत्यु राहत कोषबाट मानोचामल स्वरुपको रकम सुबिधा रू ४०,०००/- (चालिस हजार रुपैँया।) समेत गरी जम्मा रू ५,४०,०००/- (पाँच लाख चालिस हजार) परिवारमा हस्तान्तरण गरिएको छ।

यस किसिमको बचत गर्ने सदस्यहरुको मृत्यु पश्च्यात निजको परिवारले प्राप्त गर्ने बिमा सुबिधा बाहेक पनि निजले बचत गरेको सम्पूर्ण रकम निजकै खातामा हकवालाले खाता नामसारी गर्न मिल्ने गरि उपलब्ध रहनेछ।

संस्थाको नियम अनुसार उक्त स्पेशल बचत खाता (बिमा बचत) सदस्यको स्वास्थ्य, बचतको प्रकृति तथा एक मुष्ठ बचत बिमाको आधारमा बिभिन्न शर्त, नियम र प्रक्रिया भित्र रही संचालन भईरहेको छ।
क्र.स. | बचत रकम | प्राकृतिक मृत्युमा सुबिधा रकम | दुर्घटना मृत्युमा सुबिधा रकम |
१ | १००० वा सो भन्दा बढी | रु. २०,०००/- | रु. ५०,०००/- |
२ | २००० वा सो भन्दा बढी | रु. ३०,०००/- | रु. १,००,०००/- |
३ | ३००० वा सो भन्दा बढी | रु. २,००,०००/- | रु. ४,००,०००/- |
४ | ५००० वा सो भन्दा बढी | रु. २,५०,०००/- | रु. ५,००,०००/- |
५ | ६००० वा सो भन्दा बढी | रु. ५,००,०००/- | रु. १०,००,०००/- |
** शर्त तथा नियमहरु लागू हुनेछन। **