MESSAGE FROM CEO

KUMAR YAKSHO

आदरणीय शेयर सदस्यज्यूहरु, दाजुभाइ तथा दिदीबहिनीहरुमा सहकारी अभिवादन व्यक्त गर्दछु ।

कर्णाली बचत तथा ऋण सहकारी संस्था लि., बिर्तामोड–४, झापाले तपाईँहरुको अमूल्य विश्वास, साथ र सहयोगका कारण आज सफलतापूर्वक २६ औं बसन्त पार गर्दै अघि बढिरहेको यस सुखद अवसरमा म सम्पूर्ण सदस्यज्यूहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

संस्थाको दिगो विकास र सदस्यहरुको हितलाई केन्द्रमा राख्दै हामीले आधुनिक वित्तीय सेवा, प्रविधिमैत्री प्रणाली र पारदर्शी व्यवस्थापनमार्फत सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने निरन्तर प्रयास गरिरहेका छौं । सदस्यहरुको आर्थिक सशक्तिकरण, उद्यमशीलता विकास तथा सामाजिक सुरक्षामा सकारात्मक योगदान पुर्‍याउने हाम्रो प्रमुख लक्ष्य रहेको छ ।

हामी सदस्यहरुसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै, विश्वास र उत्तरदायित्वलाई आत्मसात गरी गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध छौं । आगामी दिनहरुमा पनि संस्थालाई अझ सशक्त, विश्वसनीय र नमुना सहकारीको रुपमा स्थापित गर्न सम्पूर्ण सदस्यज्यूहरुको निरन्तर साथ, सुझाव र सहयोगको अपेक्षा गर्दछौं ।

अन्त्यमा, “मेरो कर्णाली, मेरो समृद्धिको सारथी” भन्ने हाम्रो मूल मन्त्रलाई आत्मसात गर्दै सबैको सहकार्यमा उज्ज्वल भविष्य निर्माण गर्ने विश्वास व्यक्त गर्दछु ।

धन्यवाद ।