Skip to content
संस्थाको आदर्श वाक्य
  • संस्थाको आदर्श वाक्य
  • Motto
  • “मेरो कर्णाली, मेरो समृद्धिको आधार, जन्मदेखि मृत्युसम्म कर्णाली।”
  • “My Karnali, the foundation of my prosperity—from birth to death.”
Karnali Saving and Credit Cooperative Ltd.
Karnali Saving and Credit Cooperative Ltd.
Birtamode -4, Jhapa
Head Office
9.30 - 5.00
Office Time
023-531527, 534381
Call Number
 
  • Home
  • About Us
    • About
      • Message from chairperson
      • Message from CEO
      • Vision & Mission
      • History of Organization
    • Our Team
      • Board Of Directors
      • Account/ Audit Supervision Committee
      • Management Team
      • Department
    • Service Centers
    • Our partners
    • FAQ
  • Services
  • Reports
  • Careers
    • Vacancy
  • News
  • Employee Support
    • IT Support for Employee
    • Identity Card Form
    • CBS
  • Shop
    • My account
    • Cart
  • Contact
 

रोङ (इलाम) । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले इलाम जिल्लाको रोङ गाउँपालिका वडा नं. २ मा रहेको शान्तिपुर माविका बालबालिकाहरुलाई ट्र्याकसुट वितरण गरेको छ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली साकोसले संस्थाको सामाजिक उत्तरदायित्व निर्वाहा गर्दै रोङ गाउँपालिकाको सहजीकरणमा उक्त सहयोग गरेको हो ।

रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोको प्रमुख आतिथ्यमा विद्यालय प्राङ्गणमा आइतबार आयोजित विशेष कार्यक्रममा कक्षा १ देखि ७ सम्म अध्ययन गर्ने ६३ जना नियमित विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरिएको हो ।

कर्णाली साकोसका अध्यक्ष टसबहादुर प्रधान, सचिव भूपाल बस्नेत, सञ्चालक समिति सदस्य गुञ्जन थापा, विभागीय प्रमुखहरु मनहरि निरौला र लक्ष्मीनारायण भट्टराईले संयुक्तरुपमा उक्त सामग्री विद्यार्थीलाई हस्तान्तरण गरेका हुन् । सोही अवसरमा रोङ गाउँपालिका वडा नं. २ को तर्फबाट वडाध्यक्ष चन्द्रशेखर घिमिरेले विद्यालयका लागि एकथान नेटसहितको भलिबल र एकथान फुटबल हस्तान्तरण गरे । ग्रामीण भूगोलमा वि. सं. २००८ सालमा स्थापित सो विद्यालयमा हाल कक्षा १२ सम्म पठनपाठन हुने र २०० जना विद्यार्थीहरु अध्ययनरत रहेको प्रधानाध्यापक महेन्द्र पोखरेलले जानकारी दिएका छन् ।

सो कार्यक्रममा मन्तब्य राख्दै गाउँपालिका अध्यक्ष स्याङ्बोले चालू आर्थिक वर्षभित्रै नीति बनाएर विद्यार्थीमाझ दैनिक एक रुपैयाँ बचत कार्यक्रम सञ्चालन गर्ने जानकारी गराए । ‘सहकारी मोडल के हो भन्ने बुझाउन र नानी बाबुहरुलाई बचत गर्ने बानीको विकास गर्न रोङ गाउँपालिकाले शैक्षिक कार्य दिनको एक रुपैयाँ बचत अभियान सञ्चालन गर्न लागेको छ, सो रकममा पालिकाबाट पनि एक रुपैयाँ नै थप गरिदिने योजना बनाइएको छ’ उनले भनेका छन् । रोङ गाउँपालिकाका ६ वटा वडामा विविध रचनात्मक कामहरु गरेर चर्चा कमाउँदै आएका पालिका अध्यक्ष स्याङ्बोले आफ्नो कार्यकालभित्र सबै वडामा एक एक वटा उद्योग सुरु गरिसक्ने र स्थानीय ४८० जनालाई पूर्ण रोजगारी प्रदान गर्ने कार्यक्रम बनाएको पनि जनाए ।

सहरमा रहेको कर्णाली साकोसले रोङको विकट गाउँमा आएर बालबालिकाहरुलाई ट्र्याकसुट वितरण गर्नु भनेको माया साट्नु हो भन्दै पालिका अध्यक्ष स्याङ्बोले अब पालिका र साकोसबीच मिल्ने विषयहरुमा सहकार्य गर्न आफू उत्साहित रहेको पनि जनाए । सो कार्यक्रममा कर्णाली साकोसका अध्यक्ष टसबहादुर प्रधानले संस्थाको कार्यक्षेत्र इलाममा पनि भएको र ग्रामीण भेगका विद्यालयलाई मात्र आफूहरुले सहयोग गरिआएकोले शान्तिपुर मावि पनि परेको बताए । गाउँपालिका अध्यक्षले सिफारिस गरेको विद्यालयको भूगोल टेक्दा आफूहरुले उपयुक्त ठाउँमा सहयोग गर्न पाएको महसुस गरेको उनको भनाई थियो । यसैगरी सचिव भूपाल बस्नेतले सहकारी क्षेत्रलाई नकारात्मक दृष्टिकोणले हेर्नेहरुका लागि सामाजिक उत्तरदायित्वका कार्यहरु स्वतः उत्तर हुने बताए । संस्थाले समुदायसँग जोडिएर विविध कामहरु गर्ने क्रममा शान्तिपुर टेक्न पाएकोमा खुसी लागेको उनको भनाई थियो ।

सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया खबास, वडा नं. २ का वडाध्यक्ष चन्द्रशेखर घिमिरे, पालिका शिक्षा शाखा प्रमुख श्रुतीकुमारी तामाङले शिक्षा क्षेत्र र सहकारीको तर्फबाट भएको सहयोगको प्रशंसा गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शान्तिमाया राईको अध्यक्षतामा आयोजित कार्यक्रममा उपस्थितहरुलाई शिक्षक चन्द्र लकान्द्रीले शाब्दिक स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक पृथ्वी कार्कीले गरेका थिए ।

Let’s Talk

Please fill in your details below, and our advisors will give you a call.

    I would like to discuss:

    The cooperative mission of Karnali Saving and Credit Co-operative is to provide financial services and empower its members economically by offering a range of products such as savings, loans, and insurance. Our aim is to promote financial inclusion, especially in the rural areas of Jhapa, Ilam, and Morang, by providing easy access to financial services.

    contact

    • Birtamode -4, Jhapa
    • 023-531527, 534381
    • [email protected]
    Facebook-f Instagram Youtube

    Explore

    • Department of Cooperative
    • Nepal Rastriya Bank Ltd.
    • Citizen Investment Trust
    • Employees Provident Fund

    सूचना तथा गुनासो सुनुवाई अधिकारी

    • श्री चिदानन्द सुबेदी
    • सम्पर्क न. : ९८०१४२६५३४

    ©2026 KARNALI SACCOS COPYRIGHT ALL RIGHT RESERVED. Crafted by Coffee Coders