पृष्ठभूमि
२०५७ साल मंसिर २८ गतेको दिन २६ जनाको बिर्तामोडमा सम्पन्न भेलाले तत्कालिन अनारमनी गा.वि.स. वडा नं. ४ मा कार्यालय रहने गरी कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. नामाकरण सहित संस्था दर्ताका लागि कमल बहादुर बस्नेतको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरी झापा जिल्लाको अनारमनी, हल्दिबारी, गोलधाप, चन्द्रगढी र गरामनी सहित ५ वटा गा.वि.स. कार्यक्षेत्र रहेको संस्था मिति २०५७ साल पौष ४ गते तत्कालिन डिभिजन सहकारी कार्यालय भद्रपुर झापामा दर्ता नं. ३/१/७ (१८२) दर्ता भएको थियो । २०५७ साल माघ १७ गतेको बैठकले मिति २०५७ फागुन २ गते प्रारम्भिक साधारण सभा सम्पन्न गर्ने निर्णय भएको र सो सभाले कमल बहादुर बस्नेतकै अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र दिल कुमार राईको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित गराएको थियो । संस्थाले २०५९ सालमा तत्कालिन चारपाने, चकचकी, राजगढ, र जलथल गा.वि.स. कार्यक्षेत्र थप गरी ९ वटा गा.वि.स. कायम गरिएको थियो । २०६१ साल असोज २५ गते तत्कालिन आरएमडिस सँग समूहमा आधारित लघुवित्त कार्यक्रम संचालन गर्न सम्झौता गरी २०६१ साल माघबाट सो कार्यक्रम संचालन गरियो र सो सेवालाई थप विस्तार गर्न २०६८ सालमा झापा जिल्ला भर कार्यक्षेत्र स्वीकृत प्राप्त भयो । २०७७ सालमा ईलाम जिल्लाको ३ पालिका रोङ, चुलाचुली र माई, मोरङ जिल्लाको पथरी शनिश्चरे, सुनवर्शी, सुन्दरहरैचा र बेलबारी समेत ५ पालिका थप गरी हाल झापा जिल्लाको सूर्योदय र मोरङ जिल्लाको पथरी शनिश्चरे, सुनवर्शी, सुन्दरहरैचा र बेलबारी समेत ५ पालिका थप गरी हाल झापा जिल्लाको ८ नगरपालिका, ७ गाउँपालिका, मोरङ जिल्लाको ६ वटा नगरपालिका र १० वटा गाउँपालिका गरी २६ पालिकामा कार्यक्षेत्र विस्तार रहेको छ । हाल ३८ वटा सेवाकेन्द्र मार्फत सदस्यमा सेवा पुर्याएको छ ।
संस्थालाई विधिवत संचालनको लागि बचत तथा ऋण कार्यविधि, संस्था संचालन कार्यविधि, कर्मचारी प्रशासन कार्यविधि , आर्थिक प्रशासन कार्यविधि, निर्वाचन कार्यविधि र सम्पत्ति शुद्धिकरण कार्यविधि लगायत १९ वटा आवश्यक कार्यविधिहरु मार्फत भईरहेको छ । यसरी संस्थाको विकास र स्तर उन्नतिका लागि रणनीतिक योजना आवश्यक भएकाले यो रणनीतिक योजना संचालक समिति, लेखा सुपरीवेक्षण समिति, उपसमिति, कर्मचारी, व्यवस्थापनको संयुक्त सहभागिता एवम् विषय विज्ञको सहजिकरण र शेयर सदस्यहरुको सुझावमा योजना निर्माण गरी कार्यान्वयन गर्ने प्रतिवद्धता सहित व्यवसायिक योजना २०८० लाई यस आ.व. मा समिक्षा सहित संशोधन गरी व्यवसायिक योजना २०८२ ०८३ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा गरिएको छ ।
‘समृद्ध सदस्य सहितको सबल, दिगो, विश्वसनिय सेवा प्रदायक समुदायमा आधारित उत्कृष्ट सहकारी संस्था’
आधुनिक प्रविधि मैत्री गुणस्तरीय सेवा सहितको सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक रुपान्तरण गरी व्यवसायिक क्षमताको सीप, ज्ञान उपलव्ध गराई स्वावलम्बी, उत्पादन, स्वरोजगार सृजना गरी आर्थिक समृद्धि र समुन्नत बनाउने ।
प्रचलित ऐन, नियम संस्थाको विनियम तथा आन्तरिक कार्यविधिको परिधी भित्र रही सदस्यको आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणका लागि सदस्यहरुलाई आवश्यक सीप, ज्ञान र श्रोत उपलब्ध गराई व्यवसायी, स्वावलम्बी र स्वरोजगार निर्माण गर्दै उत्पादनमा जोड गरी संस्थागत क्षमता सवल, सक्षम सहितको सम्बद्ध सदस्यहरुको संस्था बनाउन संस्थाको मुख्य लक्ष्य रहनेछ ।
Our Mission
युवा उद्यमशीलता
युवा उद्यमशीलताका लागि प्रोत्साहित गर्ने नीति तर्जुमा र कृषि व्यवसायिक रुपमा युवाहरुलाई अगाडि बढाउने । अन्तर सहकारीमार्फत संस्थागत व्यवसायहरु सञ्चालन गरी रोजगार सिर्जना तथा उत्पादनमा जोड गर्ने ।
सदस्यको आर्थिक समृद्धि अभिवृद्धि गर्नु
बचत, ऋण सुविधा र आयमूलक गतिविधिहरूमार्फत सदस्यहरूको आर्थिक अवस्था सुधार गर्न सहयोग गर्ने।
सदस्य केन्द्रित सेवा प्रदान गर्नु
दोहोरोपना रहित गुणस्तरिय सदस्यको लागि नीति अबलम्बन गर्दै सदस्यहरूको आवश्यकता, पहुँच र सहजतालाई ध्यानमा राखी सेवा तथा सुविधा विकास गर्ने।
विषयगत क्षमता र सीपको तालिम
सदस्यहरुलाई व्यवसायिक तथा उद्यमशीलताको विषयगत क्षमता र सीपको तालिम उपलब्ध गराई आर्थिक, सामाजिक, साँस्कृतिक रुपान्तरण गरी रोजगार सिर्जना गर्ने ।
महिला तथा युवालाई सशक्त बनाउनु
महिला र युवाहरूलाई लक्षित कार्यक्रममार्फत उनीहरूको आर्थिक पहुँच र निर्णय क्षमता वृद्धि गर्ने।
सुशासन कायम गर्नु
आधुनिक सूचना प्रविधिको प्रयोग सघैँ दक्ष जनशक्तिबाट सदस्य सेवा सहित पारदर्शिता, उत्तरदायित्व र सहकारी सिद्धान्तअनुसार संस्थाको संचालन सुनिश्चित गर्ने।
वित्तीय साक्षरता विकास गर्नु
सदस्यहरुमा आत्मनिर्भरताको ज्ञान, पारस्परिक सहयोग र मितव्ययी भावनाको विकास गरी बचत गर्ने बानीको बिकास गर्ने ।
प्रविधिको उपयोग बढाउनु
आधुनिक प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई छिटो, सहज र प्रभावकारी बनाउने।
समुदाय विकासमा योगदान गर्नु
सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु सञ्चालन गरी समुदायमा संस्थालाई स्थापित गर्ने साथै सबल र सक्षम सहकारी बनाउने अभियानमा शिक्षा, स्वास्थ्य तथा स्थानीय पूर्वाधार विकासमा लगानी गरी समुदायको समग्र उन्नति गर्ने।