व्यक्तित्व विकास तथा सकारात्मक सोच विकास तालिम

“पौरखी इन्स्टिच्युट प्रा. लि.” को सहकार्य र “कर्णाली बचत तथा ऋण सहकारी संस्था लि.” को आयोजनामा यस संस्थाका हाम्रा सम्पूर्ण (४२ सेवाकेन्द्र) का सेवाकेन्द्र प्रमुख ज्यूहरुलाई मिति २०८०/०२/०९ र ०२/१० गते गरि दुई दिने व्यक्तित्व विकास तथा सकारात्मक सोच विकास तालिम आयोजना गरि उपलब्धिमूलक ढंगबाट सम्पन्न गरियो ।

उक्त दुई दिने तालिमको अपेक्क्षाहरु

  • प्रतिस्पर्धाको युगमा सफल बन्न,
  • भीडमा उभिएर आफ्ना विचार / धारणाले लक्षितवर्गको ध्यान केन्द्रित गर्न,
  • दृढ संकल्पित भई अरुको विश्वास जित्न,
  • नयाँ सोँच र फरक प्रस्तुतिले व्यक्तित्व विकास गर्न,
  • राजनीतिक, आर्थिक, सामाजिक तथा व्यवहारिक रुपमा सफल बन्न,
  • समयको व्यवस्थापनले व्यवस्थित जीवन बनाउन,
  • नेतृत्व विकास गरी स्तरोन्नति गर्न,
  • आत्मविश्वास जागृत गर्न,
  • प्राविधिक ज्ञान हासिल गरी आकर्षक प्रस्तुति प्रस्तुत गर्न,
  • प्रभावकारी शब्दहरुको भण्डारण गर्न,
  • सकारात्मक सोचको वृद्धि विकास गर्न,
  • स्वच्छ छवि निर्माण गर्न,
  • एकताबद्ध भई सामुहिक रुपमा सफल बन्न,
  • व्यवसायिक तथा पेशागत रुपमा सफल बन्न ।

यस किसिमका कार्यक्रमहरुले कर्मचारीहरुमा क्षमता अभिबृधि लगायत दैनिक कार्यसम्पादनमा समेत मदत मिल्ने आशा गर्दै उक्त कार्यक्रम उपयोगीताका साथ सम्पन्न गरियो।