संस्थाका रिसेप्शनिष्ट पदका कर्मचारीहरुलाई ICT and CBS सम्बन्धीत तालिम

संस्थाको सूचना तथा प्रबिधि विभागीय प्रमुख श्री बिपुल गौतम ज्युबाट संस्थाका रिसेप्शनिष्ट पदका कर्मचारीहरुलाई संस्थामा आएका नयाँ प्रविधिसंग सम्बन्धीत ” Training on ICT and CBS ” तालिम कार्यक्रम मिति २०८०।०२।०५ र २०८०।०२।०७ गते समापन गरियो ।

दुई दिनको कार्यक्रम आयोजना गरि गरिएको उक्त तालिममा संस्थामा आएका नंया प्रविधिहरुको प्रयोग गरि कसरि सदस्य ज्युहरुको बचत तथा कारोबारलाई सहज, बिश्वाशिलो र छिटो छरितो बनाउने भन्ने बिषयमा केन्द्रित रहेर तालिम सन्चालन भएको थियो। जसमा संस्थामा प्रबिधि सम्बन्धि आइरहेका समस्या र चुनौतीहरु बारे जानकारी लिई सहजीकरणका लागि आवश्यक पहलहरुका बिषयमा पनि छलफल गरियो।

यस किसिमका कार्यक्रमहरुले कर्मचारीहरुमा क्षमता अभिबृधि लगायत दैनिक कार्यसम्पादनमा समेत मदत मिल्ने आशा गर्दै उक्त कार्यक्रम उपयोगीताका साथ सम्पन्न गरियो।