सदस्यहरुलाई उपचार सुविधा सम्बन्धी नियम र कोषको त्यवस्था

१. साधारण उपचार सुविधा: यस सुविधामा सम्पूर्ण सदस्यहरुलाई अनिवार्य आवद्घ गराइने छ । प्रत्येक आर्थिक वर्षको साउन र भदौ महिना भित्रमा सदस्यहरुले रु. २००।– रुपैयाँ जम्मा गर्नु पर्नेछ ।
२. उपचारमा पाउने सुविधाहरु: ब्रेनको अप्रेसन, मृगौला ट्रान्सप्लान्ट, मेरुदण्डको अप्रेसन, श्वास नलीको क्यान्सरको अप्रेसन, मुटुको अप्रेसन, स्तन क्यान्सरको अप्रेसन, वापत रु. ३०,०००
३. पाठेघर, एपेन्डीसाइड, हर्निया, थाइराइड, पायल्स, टनसिल आदिको अप्रेसनमा रु.१०,००० ।
४. क्यान्सरको किमो, पक्षघात र दुर्घटनामा परेर अपे्रसन गरेमा रु. २०,००० ।
५.मृगौला डायलाइसीस गरेमा रु.२५,०००।– ,हात खुट्टा भाचिएमा रु.५,०००। – सम्म ।
६. परिवारको सदस्यमा रु.३,०००।– देखि रु.१०,०००।– सम्म उपचार खर्च उपलब्ध हुनेछ ।
७. सदस्य भएको समयावधि र बचत गरेको आधारमा रु.६ हजारदेखि रु. २० हजारसम्म सदस्य मृत्यू भएमा र परिवारको ससुरा, आमा बुबा। छोराछोरीको मृत्यू भएमा रु.५ हजार सुविधा उपलब्ध हुनेछ ।
८. यस कोषमा प्रत्येक ५/५ वर्षमा कोषमा जम्मा गर्ने रकम वृद्धि हुनेछ र सोही अनुसार सुविधा पनि वृद्धि हँदै जानेछ ।

विशेष उपचार सुविधा

१. सदस्यहरुले पहिलो वष रु. ५,०००।– र प्रत्येक वर्ष भदौ मसान्तभित्रमा रु.१,०००।– जम्मा गर्नुपर्नेछ । परिवारको सदस्यले प्रति व्यक्ति वर्ष रु.१,०००।– जम्मा गरी यस कोषमा आवद्ध हुन सक्नेछन् । रु १ लाख शेयर, ३ लाख भन्दा बढी क्रमिक बचतमा रकम जम्मा भए दोस्रो वर्षबाट रु.१,०००।– जम्मा गर्नुपर्ने छैन । रु.२५,०००।– शेयर भए रु.१,०००।– शेयबाट लाभांशबाट जम्मा गरिनेछ ।
२. परिवारको सदस्य भन्नाले सदस्य, सदस्यको श्रीमान वा श्रीमती र एकाघर भित्रको छोराछोरी वा अविवाहित छोरा वा छोरी सदस्य भए आमा। बुबा, निरोगी र पचास वर्ष नकटेको भए आवद्ध हुन सक्नेछन् ।
३. कोषमा आवद्ध भएको १ वर्ष पूरा भएपछि उपचार सुविधा हुनेछ । उपचार सुविधा उपलब्ध हुने रोगहरु ओपिडी बाहेकका सम्पूर्ण रोगको उपचार अस्पतालकम भर्ना भई गराएको उपचार खर्च उपलब्ध हुनेछ ।
४. यस सुविधा अन्र्तगत सदस्गहरुले कोषमा रु.५ करोड नपुगिन्जेल लागेको खर्चको ४०% र कोषमा तोकिएको रकम पुरा भएमा १० लाख सम्मको उपचार खर्च उपलब्ध हुनेछ ।
५. शारीरिक र मानसिक रुपमा अशक्त, दीर्घ रोगी र सखस्यको हकमा ६० वर्ष पूरा भएको र नयाँ सदस्यको हकमा ५५ वर्ष पूरा भएका सदस्य वा व्यक्ति यस कोषमा आवद्घ हुन सक्ने छैनन् । तर एकीकरण भई आएको संस्थाको सदस्यको हकमा भने उमेरको हद लागु हुने छैन ।
६. सदस्य यस कोषमा आवद्ध भएको ६ महिनापछि मृत्यू राहत सुविधा उपलब्ध हुनेछ । यस सुविधा अन्र्तगत सदस्य वा सदस्यको श्रीमान् वा श्रीमतीको मृत्यू भएका ४०–४० हजार संगोलको आमा बुबा, सासु ससुराको मृत्यू भएमा २०–२० हजार र संगोलमा नभएमा १०/१० हजार एकाघरभित्रको छोरा छोरीको मृत्यू भएमा १०/१० हजार ।
७. मृत्यू राहत, सासुससुरा पालनपोषण गरेको हकमा रु.२० हजार तर काजकिरिया सदस्यको घरमा नगरेमा वा पालनपोषण नगरेको भएमा रु.१० हजार मात्र सुविधा उपलब्ध हुनेछ ।
८. सदस्यहरुले क्रमिक बचत रु.३,०००।– देखि रु.५,०००।– सम्म मासिक रुपमा जम्मा गरे बचत सञ्चालन रहुञ्जेल सदस्यको मृत्यू भएमा रु.२ लाख रुपैयाँ र दुर्घटनामा मुत्यू भएमा रु.४ लाख रुपैयाँ सुविधा उपलब्ध हुनेछ । मासिक बचत रु. ६,०००।– वा सो भन्दा बढी नियमित बचत गरेमा मृत्यू भएमा रु.५ लाख र दुर्घटनामा मृत्यू भएमा रु.१० लाख रुपैयाँ सुविधा उपलब्ध हुनेछ ।